×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २९८ जनामा कोरना सङ्क्रमण पुष्टि भयो ६ जनाको मृत्यु

थप २९८ जनामा कोरना सङ्क्रमण पुष्टि भयो ६ जनाको मृत्यु

काठमाडौं -  पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८९२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ५५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्