×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सडक दुर्घटना हुदा ७ जनाको मृत्यु ४ घाइते

सडक दुर्घटना हुदा ७ जनाको मृत्यु ४ घाइते

काठमाडौं- इस्लामाबाद । पूर्वी पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् । 

प्रतिकृया दिनुहोस्