काठमाडाैँ - वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले अनिल कुमार उपाध्यको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो ।उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी यस अघि संघको उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको सदस्यहरुमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार साह, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चयन भएका छन्।
अनुपमा खुञ्जेली, कृष्णबहादुर अधिकारी र दिपक कुमार दे सदस्यमा दोहोरिएका हुन् । अन्य सदस्य भने नयाँ चयन भएका हुन् । संघको सल्लाहकारको रुपमा पूर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन्। अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।