×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज हुने काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल रद्द !

आज हुने काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल रद्द !


काठमाडौं - आज हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल रद्द भएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) यतिबेला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भईरहेको छ ।
आज काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल भने मैदान तयार नभएकोले स्थगित भएको हो । खेल टस नै नभई स्थगित भएको हो । अघिल्लो दिनको वर्षाका कारण स्थगित भएको खेल आजलाई निर्धारण गरिएको थियो तर आज सम्म पनि मैदान भिजेकोले खेल हुन सकेन् । आजको लागि निर्धारण गरिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल ९ः३० मा सुरु हुनुपर्ने थियो । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्