काठमाडौं- एमसीसी संसदमा टेबुलको पूर्वसन्ध्यामा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बस्ने भएको छ ।
बिहान ८ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको एक सांसदले बताए। प्रतिनिधि सभाको बैठकअघि बस्न लागेको बैठकमा एमसीसीको विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमो छलफल हुनेछ। विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने जनाइएको छ।
आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी छ। माओवादीका नेताहरु एमसीसीको विपक्षमा रहेका छन्।