×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

मान्म- फुकोट-कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । 

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन,’ उनले भने ।

आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनामा सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए । आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ ।

आयोजनाका संरचना सो गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा बन्ने छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ३० करोड रहेको छ। आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ ।

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले बता ए। हालसम्म रु ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्