×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१० लाखले लगाए ‘बुस्टर डोज’

१० लाखले लगाए ‘बुस्टर डोज’

काठमाडाैँ- कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् । 

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज ५६२ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ । सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन् ।

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । -रासस

प्रतिकृया दिनुहोस्