काठमाडौँ - पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।
यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।
नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।