काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई नेकपा एमाले लुम्बिनीले कारबाहीको माग गरेको छ। पटक पटक विवादमा आएकी वली सरकारको जिम्मेवार पदमा रहेर पनि आचरणहीन व्यवहारमा उत्रिँएको भन्दै कारवाहीको माग गरिएको हो।
मंगलबार विहान स्वास्थ्य राज्यमन्त्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट र समान तोडफोड गरेकी थिइन्। शक्तिको दुरुपयोग गरेर हातपात गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने एमालेको माग रहेको छ।
यस्तो घटनामा मुख्यमन्त्री चुप लागेर बस्न नहुने भन्दै वलीलाई तत्काल बर्खास्त गरेर छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीको भनाइ छ।