×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात केन्द्रीय सदस्य

एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात केन्द्रीय सदस्य

धनगढी, नेकपा एमालेबाट विभाजन भएर गठन भएको एमाले (समाजवादी)मा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय समितिमा सात जना परेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको सूचीमा सुदूरपश्चिममा सात जनाको हस्ताक्षर छ ।

नेपाल समूहले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित आयोगमा निवेदन दिएका छन् । सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा), निरादेवी जैरु, प्रेमबहादुर आले, भानुभक्त जैसी, उर्वादत्त पन्त, माया भट्ट र पूर्णा जोशी केन्द्रीय समितिमा छन् ।

नेपाल समूहमै रहेका भीम रावलले अन्तिम समयमा नेपाललाई साथ दिएनन् । माधव समूहलाई छाडेर पार्टी एकताका लागि सक्रिय रहेका उनी ओली पक्षमा पनि खुलेर लागेका छैनन् ।

 
 

प्रतिकृया दिनुहोस्