×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

देशका अधिकांश ठाउँमा सिटामोलको अभाव

देशका अधिकांश ठाउँमा सिटामोलको अभाव

 

काठमाडौँ - अहिले काठमाडौं लगायत देशका अधिकांश स्थानका औषधि पसलमा पारासिटामोल पाउनै मुस्किल छ । बजारको ६० प्रतिशतभन्दा बढि हिस्सा स्वदेशी उत्पादनले ओगटेको पारासिटामोलको कृतिम अभाव सृजना भएकोप्रति नियमनकारी निकाय औषधि व्यवस्था विभाग नै बेखवर छ । तपाई पारासिटामोल खरीद गर्न औषधि पसल पुग्नुभयो भने तपाइले पाउने जवाफ हो । हो, अहिले काठमाडौ, चितवन लगायत देशका विभिन्न स्थानमा सिटामोलको अभाव छ । पारासिटामोलको ६० प्रतिशतभन्दा बढिको माग नेपालकै औषधि उद्योगहरुले धान्दै आएका छन् ।

३५ वटा भन्दा बढि उद्योगहरुले दैनिक रुपमा पारासिटामोल उत्पादन गरिरहेका छन् । उनीहरुले उत्पादन लागत बढेका कारण सरकारसँग मूल्य समायोजन गर्नु पर्ने माग राख्दै आएका छन् । सरकारसँग मूल्य वृद्धिका लागि लबिङ गरेपनि उद्योगहरुले उत्पादन नघटाएको दावी गर्छन् । बजारमा नियमित पारासिटामोल पठाइरहको औषधि उत्पादक बताउँछन् ।  बजारमा पारासिटामोलको अभावका बारेमा आफुलाई जानकारी नै नभएको औषधि व्यवस्था विभागले जनाएको छ । बजारमा अभाव देखिरहँदा उसले देखाउने पर्ने अग्रसरतामा भने विभाग चुकिरहेको छ । 

ज्वरो, रुघाखोकी लगायतका समस्यामा प्रयोग हुने पारासिटामोल आम नेपालीले सहज रुपमा अत्याधिक प्रयोग गर्ने औषधि हो । स्वदेशमै उत्पादन हुने औषधि बजारमा नपाउनु भनेको कहिँ कसैले बदमासी गरिरहेको निश्चित छ । उचित छानविन गरि तत्काल पारासिटामोल सर्वसुलभ बनाउन आवश्यक छ । 

प्रतिकृया दिनुहोस्