poli
पूर्वअर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पाैडेलले मुलुककाे आर्थिक अवस्था कहालीलाग्दाे भएकाे बताएका छन् । मुलुककाे आर्थिक अवस्थाका सम्बन्धमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै पूर्वअर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन् । ‘मुलुककाे आर्थिक अवस्था कहालीलाग्दाे छ,’ उनले भनेका छन्, ‘एमालेले नेतृत्व गरेकाे बेलामा याे अवस्था थिएन ।’
उनले पूर्ववर्ती सरकार [केपी शर्मा ओली नेतृत्वकाे सरकार] ले अर्थतन्त्रका बारेमा दूरगामी र लाेकप्रिय कार्यक्रम ल्याएकाे भएपनि त्यसलाई अहिलेकाे सरकारले बेवास्ता गरेकाे जिकिर गरेका छन् । एमाले नेतृत्वकाे सरकारले ल्याएकाे बजेटलाई प्रतिस्थपन विधेयकमार्फत अर्काे बजेट ल्याइएकाे र त्यसले गर्दाखेरि मुलुक पहिलेपटक बजेट शून्यताकाे अवस्थामा पुगेकाे भन्दै उनले भनेका छन्, ‘याे सरकारले राम्राे काम केही गरेकाे छैन । पूर्ववर्ती सरकारले गरेकाे राम्राे कामलाई पनि याे सरकारले बेवास्ता गर्याे वा खारेज गर्ने दुस्साहस गर्दै छ । याे राम्राे हाेइन ।’
पूर्वअर्थमन्त्री पाैडेलले यत्तिबेला सार्थक हस्तक्षेप गर्नेबेला भएकाे बताए । ‘अबचाहिँ सार्थक हस्तक्षेप गर्नेबेला भएकाे छ,’ उनले भनेका छन्, ‘अब पनि सार्थक हस्तक्षेप गरिएन भने हाम्राे आर्थिक अवस्था झनै बिग्रन्छ ।’