डोटी- डोटीमा बन्द गराउँदै हिडने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन ।
चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरे अनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन ।डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ।