काठमाडौँ- प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्य आले र राईले मंगलबार शपथ लिएका हुन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।