टोकियो । जापानका प्रधानमन्त्री साइए ताकाइचीले शुक्रबार संसदको तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि चुनाव गराउने मार्ग प्रशस्त गर्नुभएको छ । हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुन सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ ।
यद्यपि, यस कदमका कारण सङ्घर्षत अर्थमन्त्रीलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाउने देखिएको छ । गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकी ताकाइसोइले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल हुनुभएको छ, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
प्रधानमन्त्री ताकाइचीले ताइवान समर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणबीच
रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गर्नुभएको छ ।
४६६ सदस्यीय तल्लो सदन विघटनसँगै मण्डलवारदेखी औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकमिगाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर "बान्जाइ" अर्थात् "दीर्घायु" भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।
प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसदको तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक
गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइसोइले स्पष्ट पार्नुभएको छ ।
सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ । माथिल्लो सदनमा भने गठबन्धन बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपर्नेको अवस्था छ । प्रमुख आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै विपक्षी नेताहरूले प्रधानमन्त्री ताकाइसोइको कडा आलोचना गरेका छन् ।