×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तर्राष्ट्रिय कानुन विपरीत एसएसबीले महाकाली नदीमा र्‍याफ्टिङ चलायो

अन्तर्राष्ट्रिय कानुन विपरीत एसएसबीले महाकाली नदीमा र्‍याफ्टिङ चलायो

काठमाडौं -भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा र्‍याफ्टिङ गरेको छ । भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुन विपरीत र्‍याफ्टिङ गरेको भन्दै नेपालले आपत्ति जनाएको छ ।

कुनै जानकारी र समन्वयविना र्‍याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ । पत्रमा र्‍याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अबदेखि यस्तो नगर्न भनिएको छ ।

नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन । सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ ।

पिथौरागढको झुलाघाटमा रहेको एसएसबीको शिविरमा भएको बैठकमा बैतडी प्रशासनले पूर्वजानकारी र समन्वय गरेर मात्र यस्ता गतिविधि गर्न भनेको छ । भारतीय पक्षले अबदेखि समन्वय गर्ने बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नुपहिले दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । 

प्रतिकृया दिनुहोस्