विराटनगर- मोरङको बेलबारी र रतुवामाई नगरपालिकामा खाल्डोमा डुबेर र दुर्घटनामा परेर शनिबार राति दुई जना बालबालिकाको मृत्यु भएको छ ।
त्याे दिन बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालकाे इजलासमा सुनुवाइ हुनेछ । बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने संभावना कम छ । यसअघि ३० गते तीन डीआईजीकाे तर्फबाट भने बहस सकिएकाे छ ।
सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए । सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो ।
वैशाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।