×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीबाटै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष असुरक्षित

प्रधानमन्त्रीबाटै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष असुरक्षित

प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष असुरक्षित रहेको भन्दै सुरक्षा माग गरिएको छ । बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्री केपी ओलीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई दबाब दिएको बताएका छन् ।

‘आज जेठ ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रक्रिया मिचेर बीएन्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ आज (आइतबार) जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

२८ जेठमा बसेका आयोगको बैठकमा प्रक्रिया पुर्‍याएर मात्र सम्बन्धन दिनुपर्ने सुझाव विज्ञहरूले दिएका थिए ।

प्रतिकृया दिनुहोस्