×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वेस्टइन्डिजविरुद्ध १३ रनले विजयी न्युजील्याण्ड

वेस्टइन्डिजविरुद्ध १३ रनले विजयी न्युजील्याण्ड

काठमाडौँ- न्यूजील्याण्डले वेस्टइण्डिजविरुद्धको पहिलो टी-२० खेल जितेको छ । पाहुना टोलि वेस्टइन्डिजलाई गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले १३ रनले पराजित गरेको हो । 

न्यूजील्याण्डले दिएको १८६ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

यस खेलमा ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका न्यूजील्याण्डका बलर मिचेल सान्टनर प्लेयर अफ द म्याच बनेका थिए । यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्डले १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो खेल शनिबार हुने छ ।

प्रतिकृया दिनुहोस्