×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनपीएलः काठमाडौंद्वारा विराटनगर एक विकेटले पराजित

एनपीएलः काठमाडौंद्वारा विराटनगर एक विकेटले पराजित

 

काठमाडौं - सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ। आइतबार भएको खेलमा विराटनगरलाई काठमाडौंले एक विकेटले पराजित गरेको हो। 

 १० अंक जोडेको जनकपुर बोल्ड्स प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौंको समान आठ अंक छ। अब प्लेअफमा पुग्न काठमाडौंले सुदूरपश्चिमविरुद्ध हुने लिगचरणको अन्तिम खेलमा कर्णालीको ठूलो हारको कामना गर्नेछ। यस खेलमा कर्णालीले अप्रत्याशित हार बेहोरे काठमाडौं प्लेअफमा पुग्नेछ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाउँदै १२० रन बनायो। 

काठमाडौंले पहिलो पावर प्लेमा पाँच विकेट गुमाउँदै ३९ रन बनाएको छ। यसअघि विराटनगरले पहिलो पावर प्लेमा दुई विकेट गुमाउँदै ४५ रन बनाएको थियो। 

ओपनर स्टेफन इस्कान्जी तीन बल खेल्दै एक रनमा पभिलियन फर्किए। माइकल लेभिटलाई पनि विराटनगरका कप्तान सन्दीप लामिछानेले तेस्रो ओभरको पहिलो बलमा १० रनमा क्याच आउट गराए। सोही ओभरको अन्तिम बलमा सन्दीपले ग्रेहार्ड इरास्मसलाई १२ रनमा क्याच आउट गराएसँगै काठमाडौं मुस्किलमा परिसकेको थियो।

यस्तो अवस्था डन डाउथवेट पनि एक रनमा फर्किए। छैटौं विकेटका लागि रासिद खान र प्रतिक श्रेष्ठले ३७ रनको साझेदारी गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, सन्दीपले १४ रनमा बोल्ड गर्दै रासिदलाई पभिलियन फर्काएसँगै विराटनगरले खेलमा पुनरागमन गरेको थियो।

यस्तो अवस्थामा १४औं ओभरको तेस्रो बलमा अनिल खरेलले सेट भइसकेका ब्याटर प्रतिकलाई ३९ रमा दिपक बोहराबाट क्याच आउट गराए। ३४ बल खेलेका प्रतिकले समान दुई चौका र छक्का प्रहार गरे। अर्को बलमा काठमाडौंका कप्तान करण केसीलाई पनि उनले डक आउट गरे।

तल्लोक्रमका दीपेश कँडेलले काठमाडौंलाई खेलमा पुनरागमन गराए। पाँच बल खेलेका उनले एक चौका र छक्का प्रहार गरे। शंकर राणा १६ रनमा अविजित रहे। तीन ओभर बलिङ गरेका सन्दीपले सर्वाधिक तीन विकेट लिए। उनले १९ रन खर्चिए। क्रिस सोल, बसिर अहमद र अनिलले दुई विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।

विराटनगरका कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। ओपनर लोकेश बमलाई विराटनगरले तेस्रो ओभरको चौथो बलमै आठ रनमा गुमाएको थियो। उनी डन डाउथवेटबाट एलबिडब्यु आउट भए। १२ रन जोडेका निकोलस किर्टन पनि रन आउट भएपछि काठमाडौंले पहिलो पावर प्लेमा दुई विकेटको क्षतिमा ४५ रन बनाएको थियो।

त्यसपछि पनि विराटनगरले विकेट गुमाउने क्रम जारी राख्यो। अर्का ओपनर दिपक बोहरालाई दिपेश कँडेलले २० रनमा एलबिडब्यु आउट गरे। स्कट एडवार्ड्स १५, इस्मत अलाम पाँच,  बसिर अहमद १३, क्रिस सोल एक र कप्तान सन्दीप लामिछाने शून्यमै पभिलियन फर्किए। 

तर, मध्यक्रमका राजेश पुलामीले २१ बलमा २५ रनको इनिङ्स खेल्दै विराटनगरलाई सम्मानजनक स्थितिमा पुर्‍याए।काठमाडौंका ग्रेहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। दिपेशले दुई विकेट लिँदा शाहब आलम, करण केसी र डन डाउथवेटको नाममा समान एक विकेट रह्यो।

 

प्रतिकृया दिनुहोस्