×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

पल शाहको निवेदनमाथि सुनुवाइ सकियो

पल शाहको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं- नाबालिका एक गायिकालाई बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा सुनुवाइ सकिएको छ।

पहलको निवेदनमाथि बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ सकिएको छ तर, आदेश भने आइसकेको छैन। पीडित बालिका र उनका बाबुले बयान फेरेर बलात्कार नभएको बताएकाले यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने चासो छ।

पलको तर्फबाट ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन्। फागुन ११ मा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई चैत १० मा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो। उनले चैत १५ मा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए।

प्रतिकृया दिनुहोस्