×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समानुपातिकको एक करोड एक लाख ७५ हजार ८९५ मत गणना हुँदा कसको कति मत?

समानुपातिकको एक करोड एक लाख ७५ हजार ८९५ मत गणना हुँदा कसको कति मत?

काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार बिहान ६ः५० सम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।

एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकोछ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ ।

प्रतिकृया दिनुहोस्