काठमाडौं- यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।
आयोगले हिजो उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।
भोलि साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।