×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वमन्त्री खड्का लैनचौर स्काउट जग्गा प्रकरण र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

पूर्वमन्त्री खड्का लैनचौर स्काउट जग्गा प्रकरण र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएको छ। खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको ब्युरो स्रोतले पुष्टि गरेको छ।

उनी लामो समयदेखि लैनचौरस्थित नेपाल स्काउटको बहुमूल्य जग्गा हडपेको विवादमा मुछिएका थिए। स्काउटको जग्गा भाडामा लिएर सम्झौता विपरीत प्रयोग गरेको र संरचनाहरू कब्जा गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।

खड्काको पक्राउमा अर्को एउटा विवादास्पद घटनाले पनि मुख्य भूमिका खेलेको देखिएको छ। केही समयअघि भएको 'जेनजी' आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा घरबाट पैसाका बिटाहरू उडेको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो।

उक्त भिडियो सार्वजनिक भएपछि उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र घरमा अस्वाभाविक रकम थुपारेको आशंकामा अनुसन्धान सुरु गरिएको थियो। सोही अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सिआईबीले उनलाई हिरासतमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिकृया दिनुहोस्