काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड ले नेकपा एमालेले चितवनमा महाधिबेशन गर्नु भनेकाे खुशीकाे कुरा भएकाे बताएका छन् । सपरिवार लिएर चितवन पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमालेले चितवनमा त्यो पनि आफ्नो निर्वाचन क्षेत्रमा १०औं महाधिवेशन गर्नु भनेको खुशीको कुरा भएको भन्दै खुशी व्यत्त गरेका हुन् ।
पत्रकारहरूसगँकाे कुराकानीमा बाेल्दै प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने घोषणा पनि गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कुनै निर्वाचन क्षेत्र नभएको र आगामी निर्वाचन पनि नजित्ने दाबी गरिरहँदा प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने जवाफ दिएका हुन् । उनले भने-“एमालेले यहीँ महाधिवेशन गरेपछि म अब चितवन छाड्ने कुरै भएन, फेरि चितवनबाटै चुनाव लड्छु ।
चितवनभन्दा बाहेक मैले अरु केही सोचेकै छैन । सायद चुनाव लड्ने यो मेरो अन्तिम हुन पनि सक्छ । हाम्रो महाधिवेसन आउँदैछ, नेतृत्व परिवर्तनबारे पनि छलफल गर्दैछौं । चितवन छोड्ने कुरा छैन ।’