×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय तह निर्वाचन : २२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

स्थानीय तह निर्वाचन : २२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडौं- निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।भक्तपुरमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भइ वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख मतपत्र पठाइएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो ।

ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ । वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ । 

प्रतिकृया दिनुहोस्