काठमाडौं- तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार दीपकराज जोशीको अग्रता कायम छ । उनले ७ हजार ३८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले ७ हजार ३४४ मत पाएका छन् । जोशी ४२ मतले मात्रै अगाडि रहेकाे जिल्ला निर्वाचन आयोगले जनाएको छ ।