काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् ।
‘मानननीय इन्दिरा रानामगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’, उनले भनिन् । इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन् ।
कारागारमा रहेका बालबालिकाको शिक्षा दीक्षामा आफूलाई समर्पित गरेको बताउँदै रानालाई उपसभामुख पदमा निर्वाचित गर्नुपर्ने सांसद गौतमको तर्क छ ।