एजेन्सी - टोकियो- मध्य जापानको कानागावा क्षेत्रमा रहेको हाकोन–एन एक्वैरियमले निकै अनौठो अवस्थाको सामना गरिरहेको छ । पेंगुइन खानामा निकै ‘चुजी’ बनेको एक्वैरियमका अधिकारीहरूले गुनासो गर्न थालेका छन् ।
मुद्रास्फीतिको पछिल्लो प्रभाव यस एक्वैरियममा पनि स्पष्ट देखिएको छ । किनकी पेंगुइन र ओटरहरूले सस्तो खाना छोडेका छन् । उनीहरूले नयाँ बार्गेन बाइट्स मन पराउँदैनन्, जसका कारण उनीहरूका हेरालु दिक्क छन् ।
‘उनीहरूले सुरुमा यसलाई आफ्नो मुखमा लगाउँछन्, तर त्यसपछि छोड्छन्’ उनको भनाइ उद्धृत गर्दैै एएफपीले जनाएको छ । पेंगुइन र ओटरले ‘केही कुहेको’ महसुस गरेको उनी बताउँछन् ।