×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुलमानको निर्देशन- बाह्रबिसे सबस्टेसन तीन महिनाभित्र सक्न

कुलमानको निर्देशन- बाह्रबिसे सबस्टेसन तीन महिनाभित्र सक्न

 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिन्धुपाल्चोकको २२० केभी सबस्टेसनको निर्माण कार्य तीन महिनाभित्र सक्न निर्देशन दिएका छन्।
शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै घिसिङले सबस्टेसन निर्माण ढिला भइरहेको भन्दै कामदार थपेर भएपनि छिटो सक्न निर्देशन दिए।

निर्माण पक्षलाई निर्देशन दिँदै उनले भने, ‘अस्तिसम्म तपाइँले सामान छैन भन्नुभयो, उहाँले सामान पनि ल्याइसक्नुभयो। अब सिभिलको मात्रै काम भयो के। अब हाम्रो मात्रै काम आयो’ उनले भने, ‘यहाँ २०० जना लेभर ल्याएर फुलफेजमा काम हुनुपर्यो।’

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले गरिरहेको छ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिने छ।

यो सबस्टेसनको निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ।

 

प्रतिकृया दिनुहोस्