×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका छन् ।

भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिमबाट बाहिर रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।


भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् ।

यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए ।

उनी यूएईविरुद्घ ५ रनमा आउट हुँदा पपुवा न्युगिनीविरुद्धको अर्को खेलमा रोएल डक आउट भएका थिए ।

भुर्तेल टिमबाट बाहिरिएपछि अब नेपालको ओपनिङ जोडीमा समेत परिवर्तन हुनेछ । यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँगै नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

शृखंलाअन्तर्गत सोमबार नेपालले यूएईसँग शृखंलाको अन्तिम खेल खेल्नेछ । त्यसपछि नेपाल, यूएई र पपुवा न्युगिनिसम्मिलित लिग टु को अन्तिम शृखंला काठमाडौंमा हुनेछ ।

प्रतिकृया दिनुहोस्