काठमाडौं- सत्याग्रही एवं युवा नेता पुकार बमले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन्। बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाटउम्मेदवारी दर्ता गराएका हुन्।
उनको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा बमले एमालेका किरण पौडेल, नेपाली कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रविन्द्र मिश्रसँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए। सिंहसँग रविन्द्र मिश्र झिनो मतको अन्तरले पराजित भएका थिए।