काभ्रे- काभ्रेमा पोलिक्लिनिकको शौचालयमा लडेर एक बिरामीको मृत्यु भएको छ।
मंगलबार साँझ भुम्लु गाउँपालिका-६ कोलातीकी ५० वर्षीय शान्ता पहरीको पोलिक्लिनिकको शौचालयमा लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राति धुलिखेल अस्पतालमा मृत्यु भएको बागमति प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ज्वरो र रुघाखोकी लगायतको बिरामी भएपछि शान्तालाई उनका श्रीमान रामबहादुरले दोलालघाटस्थित दोलालघाट पोलिक्लिनिकमा उपचारका लागि लगेका थिए ।