सुर्खेत - माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ का अन्दाजी ४२ बर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका-१ का अन्दाजी ४० बर्षीय नरबहादुर सार्की रहेका छन्।
जाजरकोट प्रहरीका अनुसार छेडागाडमा माछा मार्ने क्रममा पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
'उनीहरु माछा मार्ने भनेर जाल लगेर खोलामा गएका थिए,' जिल्ला प्रहरी कार्या जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले भने,'छेडाखोलाको रिठेदहमा जाल हान्ने क्रममा पानीमा डुबेर दुई मृत्यु भएको बुझिएको छ।'