×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु

काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु

काभ्रे- काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज शुरू भएको छ।

स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन्।

प्रतिकृया दिनुहोस्