×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनको राजदूतमा ओली सिफारिस

चीनको राजदूतमा ओली सिफारिस

काठमाडौं - सरकारले चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।


माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।
बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । शर्मालाई माओवादी–एमाले गठवन्धन सरकारले अघिल्लो महिनामात्रै फिर्ता बोलाएको थियो । सत्ता गठवन्धन फेरिएसँगै काँग्रेस सिफारिसमा नियुक्त भएका शर्मालाई दिल्लीमै निरन्तरता दिने नयाँ निर्णय भएको हो ।

 
 

प्रतिकृया दिनुहोस्