×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशत बढी पूरा : अमेरिका

अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशत बढी पूरा : अमेरिका

काबुल: अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

सेन्टकमले मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ । हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं । अफगानिस्तानमा तालिबानको निरन्तर बिरोध र दर्जनौं जिल्लाको कब्जा बीचमा हिंसामा भएको तीव्र वृद्धिको पृष्ठभूमिमा यो कुरा आयो ।

विज्ञप्तिमा भनिएको छ, ‘जुलाइसम्म रक्षा विभागले ९८४-सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।’

बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो । तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।

तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताएका छन् ।

तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्‍ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताएका छन् । एएनआई

 

 
 

प्रतिकृया दिनुहोस्