×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङको देउखुरीमा बस एकआपसमा ठोक्किदा एकको मृत्यु, दर्जन बढी घाइते

दाङको देउखुरीमा बस एकआपसमा ठोक्किदा एकको मृत्यु, दर्जन बढी घाइते

दाङ - दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान करिब ५ः३० बजेको समयमा भएको थियो ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया  सोभा परियार रहनु भएको प्रहरीले जानकारी दिएको छ। सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् ।लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका(३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्