×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो

आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो

काठमाडौं- टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ। चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन्।

लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ। ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ।

लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष महर र आशिष रायमाझीले प्रतिस्पर्धा गर्नेछन्। कोच राजु लामाको समूहबाट रिहान गिरी, रिवश गुरुङ र करणबीच प्रतिस्पर्धा हुनेछ।

कोच राजेशपायल राईको समूहबाट सविना, भुपेन्द्र र पदमले प्रतिस्पर्धा गर्नेछन्। कोच प्रविशा अधिकारीको समूहबाट वर्षा, प्रिजोल र शैलले प्रतिस्पर्धा गर्नेछन्। यो कार्यक्रम हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्