×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

माओवादीको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १०  मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो ।  प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।

अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । 

सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् । 

माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडाैंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।

प्रतिकृया दिनुहोस्