×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शैल्यशिखरका पुर्वमेयरको समुह द्वारा गौरा हेर्न गएका युवा माथी आक्रमण

शैल्यशिखरका पुर्वमेयरको समुह द्वारा गौरा हेर्न गएका युवा माथी आक्रमण

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमर सिंह धामीको समुहले मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक्काइस बर्षिय दिनेश सिंह धामीलाई निर्घात कुटपिट गरेका छन ।  हिजो गौरा हेर्न गएका दिनेशलाई पुर्वमेयर धामीको प्रत्यक्ष संलग्नता र निर्देशनमा आठ दश जनाको समुहले निर्घात कुटपिट गरेका हुन । मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटेल बाट बाहिर निस्किरहेका दिनेश माथी मेयर धामीको टिमले एक्कासी  पछाडी बाट घेरा हाली आक्रमण गरेका थिए ।
आक्रमण बाट दिनेशको टाउको ,अनुहार लगायत शरिरको विभिन्न भागमा चोट लाग्नुका साथै टाउकोमा गभ्मिर चोट लागेको थियो ।
पुर्व मेयर अमरले आफ्नो गाडीमा लिई आएका आठ दश जनाको समुहलाई दिनेशलाई कुटपिट गरे पश्चात गाडीमै राखेर भगाएका थिए ।
 आफुले रक्सी सेवन गरेका पुर्व मेयर धामीले 'इन्स्पेक्टर मेरो मान्छे हो सालेको हायखुट्टा भाचिदेऊ ' भनेर निर्देशन दिएका थिए । घटनास्थलमा उपस्थित अन्य महिलाहरूले भोहल्ला गर्दै दिनेशलाई 'नमार ' भन्दै गाली गरेपछि दिनेश भागेर ज्यान जोगाउन सफल भएका थिए ।
 टाउकोमा  गम्भीर चोट लागेका घाईते दिनेशलाई दार्चुलामा उपचार हुन नसके पछि राती नै कैलालीको मायामेट्रो अस्पतालमा उपचारका लगिएको थियो ।

सुरक्षामा खटिएका इन्स्पेक्टर ऐरीले आक्रमणमा संलग्नलाई भगाए

Open photo

गौराको सुरक्षाको जिम्मा लिएका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर मान सिंह ऐरीले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्नुको साटो पुर्व मेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेका थिए ।
घट्नाको केहि समय अगाडी मात्रै सुरक्षाको नेतृत्व गरेका इन्स्पेक्टर  ऐरीले पुर्व मेयर संगै चैतलीचोरमा रहेको स्थानीय मदिरा पसलको भित्र कोठामा गई संगै रक्सी सेवन गरेको होटेल संचालन अमर सिंह धामीले बताए ।
 
घटनाका प्रत्यक्ष दर्शी कल्यान सिंह धामीले भन्नुभयो ' पुर्व मेयर संगै रक्सी सेवन गरेका इन्स्पेक्टर ऐरीलाई देखाउँदै इन्स्पेक्टर मेरो मान्छे हो कोही मेरो  र मेरा केटाहरूको अगाडी आयो भने ठोक्ने हो' भन्दै बोलीरहेका थिए ।
घटनास्थल नजिकै रही मदिराले लठ्ठ भएका इन्स्पेक्टर ऐरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिई कारबाही गर्नुको सट्टा   पुर्व मेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेको घट्नाका प्रत्यक्षदर्शी शोभा धामीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न मानेन

 दिनेशलाई आक्रमण गर्ने पुर्व मेयर लगायत अन्य दश जनाको बिरूद्द ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी लिई जिल्ला प्रहरी कार्यालयका गएका दिनेशका आफन्तलाई प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फर्काई दिएको दिनेशका एक आफन्तले बताएका छन । उनले हामी संग कुरा गर्दै अब भोली जाहेरी दिएर जान्छौ । दर्ता नगरे अगाडीको प्रकृया अपनाउने बताउनु भएको छ ।

पुर्व मेयर धामी गुण्डा लिएर  सदरमुकाम पुगि दवाव दिदै
आक्रमणको नेतृत्व गरेका , आक्रमण गर्न उक्साएका र आक्रमण गर्नेलाई आफ्नै गाडीमा राखेर भगाएका अमर सिंह धामी आज बेलुका गुण्डाहरूको दलबल सहित खलङ्गा पुगेर जाहेरी नदिन दिनेशका आफन्तलाई दवाद दिईरहेका एक आफन्तले बताएका छन । पुर्वमेयर धामीले आफु बिरूद्द जाहेरी नदिन फोन बाट आफु र अन्यलाई समेत फोन गर्न लगाएर बारम्बार दवाव दिईरहेको दिनेशका ती आफन्तले बताउनु भयो ।
यो भन्दा अगाडी समेत  महिला काण्ड देखि विभिन्न काण्डमा मुछिएका पुर्वमेयर धामी नेपाली काँग्रेसको जिल्ला उप सभापती समेत लडेका थिए । उक्त तेह्रो अधिवेशनको समयमा समेत पार्टी भित्रकै अर्को समुहलाई  आक्रमण गर्दा  धामीको आफ्नै समुहका चारजना घाईते भएका थिए ।

प्रतिकृया दिनुहोस्