×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला : किसान श्रेष्ठले

माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला : किसान श्रेष्ठले

काठमाडौं- निवर्तमान श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मन्त्रालयका कर्मचारी लगायतलाई भने, ‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला ।’

आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबीसमेत गरे । मन्त्रालयबाट बिदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउँदै फेरि पनि मन्त्री हुन सकिने बताए ।‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला’ श्रेष्ठले भने, ‘छुट्टीँदा नरमाइलो लाग्नु स्वाभाविक हो, तर मन्त्रीको रुपमा जाँदा नरमाइलो लागेको छैन ।’

प्रतिकृया दिनुहोस्