काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।
प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उहाँको भनाइ थियो ।
उहाँले भने, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’
आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उहाँले सुझाव पनि दिए ।