×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपविरुद्धको अभियोग पत्र भोलि अदालतमा दर्ता हुने, मङ्गलवार थुनछेक बहस

सन्दीपविरुद्धको अभियोग पत्र भोलि अदालतमा दर्ता हुने, मङ्गलवार थुनछेक बहस

काठमाडौँ- बालिका जबरजस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ ।

उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालय सोमबार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गर्ने तयारीमा पुगेको हो । प्रहरीले गत ४ कात्तिकमै उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीका अनुसार उनीविरुद्ध मङ्गलवार थुनछेक बहस हुनेछ ।

प्रतिकृया दिनुहोस्