काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुषालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालबीच के भिन्नता छ ? भनेर प्रश्न गरेका छन् ।
पछिल्लो समय बाम एकताका लागि क्याम्पेनिङ गरिरहेका भुषालले एउटै मंचबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको आलोचना गरेका छन् । जति सुकै गरे पनि आखिरीमा मिल्नुनै पर्ने उनले भनेका छन् ।
एक कार्यक्रममा मुख्य बक्ताको रुपमा भाषण दिन पुगेका भुषालले जसरी पनि ओली, प्रचण्ड र नेपाललाई एक ठाउँ ल्याउँनै पर्ने बताएका छन् । भुषालले एमाले, माओवादी र समाजवादीका कार्यकर्ताहरुलाई शिर्ष नेताहरुलाई जहाँ भेट्यो त्यहि एकै ठांउमा समात्न पनि आग्रह गरको छन् ।
बाटोमा भए बाटोम, कार्यक्रममा भए कार्यक्रममा यीनीहरुलाई समात्नुस् र प्रश्न गर्नुस् तिमिहरु किन फुट्यौँ भनेर । भुषालले भनेका छन् । ओली, प्रचण्ड र माधवलाई देशैभरीबाट एकै पटक किन फुट्यौ भनेर प्रश्न मात्रै गर्ने हो भने पनि एक महिनामा ठिक ठाउँमा ल्याउँन सकिने उनले बताए ।
नेता भुषालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको भन्दै तीन कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी समेत गरे । पुन चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको तर्क गरेका भुषालले ओली, प्रचण्ड र माधवलाई जहाँ भेट्यो त्यहि च्याप्प समात्न घनश्याम भुषालले कार्यकर्तालाई निर्देशन दिए ।