काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका नवनिर्वाचित सांसद विनोद चौधरीले संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
सांसद चौधरीले देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका हुन् । चौधरीले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनभएकोमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाइ ।’
केन्द्रीय सदस्य चौधरी नवलपरासीको क्षेत्र नं। १ बाट प्रतिनिधि सभामा अत्याधिक महतसहित निर्वाचित भएका हुन् । चौधरीले कम्युनिस्ट पृष्ठभूमिका पटक–पटक मन्त्री बनेर ठूलो अवसर पाएका हृदयश त्रिपाठीलाई हराएका हुन् ।
त्रिपाठी जस्तो परम्परावादी नेतालाई हराउनु चौधरीका लागि ठूलो चुनौति थियो । जीवनमा आत्मबलका साथ संघर्ष गर्दै आएका नेता चौधरीले त्रिपाठीलाई पहिलो झट्कामा ढालिदिएका छन् ।
विश्वप्रशिद्ध र चर्चित उद्योगपति समेत रहेका सांसद चौधरी अर्थविज्ञ मानिन्छन् । उनसँग अर्थ व्यवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने ठूलो अनुभव र ज्ञान छ । विश्वको धनी सूचीमा परेका कांग्रेस नेता चौधरीमा अहँकार छैन । अहँकारलाई पैतलामनि राखेकै कारण चौधरीको नाम उच्चस्थानमा छ ।