×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन तोलामा १८ सयले घट्यो

सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्