×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजमात्रै २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडामा

आजमात्रै २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडामा

काठमाडौं - काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत २८७ गाडीले फोहोर व्यवस्थापन गरेकाे जनाए छन् ।

उनले काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने पनि उल्लेख गरेका छन् ।

मेयर साहले काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत भएको पनि बताए ।

त्यस्तै, केही दिन यता धरानका मेयर हक साम्पाङले कटाक्ष गरेको संकेत गर्दै बालेनले देशभरबाट काठमाडौंको विकास र फोहोर व्यवस्थापनमा चासो देखिनु सकारात्मक भएको बताए ।

‘देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ’, उनले लेखेका छन्, ‘यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।’

प्रतिकृया दिनुहोस्