×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डब्ल्युएचओले नेपाललाई स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने

डब्ल्युएचओले नेपाललाई स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने

काठमाडाैँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । आइतबार काठमाडाैँमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

त्यस्तै, भ्रमणका क्रममा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि प्राप्त भएको उनले बताए ।

मन्त्री खतिवडाले अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सा सम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गरेकाे बताए ।

डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई डब्ल्युएचओले सकारात्मक रूपमा लिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्