काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो ।
१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए । नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।
देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।